भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरको पुलवामामा गरेको कारबाहीका क्रममा मङगलबार दुई जना आतंककारी मारिएको जनाएको छ ।
पछिल्ला केही दिनमा भारतीय सुरक्षा निकायले जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा ती आतंककारी मारिएको बताएका छन् । सो क्षेत्रमा भारतीय सेना र प्रहरीको संयुक्त सुरक्षा फौजले सो कारबाही गरिरहेको बताइएको छ ।
मङगलबार भएको सो कारबाहीमा दुई जना आतंककारी मारिएका र एकजना भारतीय सेनाका सदस्य घाइते भएका बताइएको छ ।जम्मुस्थित भारतीय प्रहरी पोष्टले दिएको जानकारीअनुसार भारतीय सेनाले घाइते सैनिकको उद्धार गरी अस्पतालसम्म पुर्याएको जनाएको छ ।
गस्तीमा रहेको सुरक्षा फौजमाथि गरेको आक्रमणको प्रतिकारको क्रममा ती आतंककारी मारिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले मारिएका ती आतंककारीको साथबाट शक्तिशाली हतियार पनि बरामद गरेको जानकारी दिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।