काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा ५८८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ महिला र ६८ पुरुष गरी ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् योसँगै ८९ महिला २ हजार ३५ पुरुष गरी २२३४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए।
त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।