काठमाण्डाै, त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।
एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टिमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको छ ।
त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः ३० बजे हुने याे खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी दिए । त्रिभुवन आर्मी क्लब नेपालको च्याम्पियनशीप विभागीय टीम हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।