मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बसेकी १८ वर्षीया सीता खड्काले छोरा जन्माएकी हुन्।
क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा ल्याइएको थियो। स्वास्थ्य केन्द्रमै मंगबालर बिहान करिब ८ बजे उनी सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए। अहिले आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ।
खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । खड्का आफ्ना श्रीमानसँग यही असार १ गते भारतबाट आई क्वारेन्टिनमा बसेकी थिइन्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।