काठमाण्डाै, वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पहिलो समूहले अनुमति लिएको छ ।
आरोहणका लागि बहराइनका राजकुमार सहित १६ जनाको टोलीले सगरमाथा आरोहणका लागि अनुमति लिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले मेगा खबरलाई बताए ।
बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोली सगरमाथा आरोहणका लागि गएको चैत २ गते नेपाल आएकाे थिए । १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक पनि छन् । आरोहण टोली ८० दिन नेपालमा बस्नेछन् ।
उनीहरूले क्वरेण्टीनको मापदण्ड पूरा गरी प्रक्रिया शुरु गरेर शुक्रवार अनुमति लिएका टोलीको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिए ।
आउँदो वसन्तयाममा सगरमाथा सहित नेपालका हिमाल आरोहण अनुमति लिनेको सङ्ख्या ६१ पुगेको छ । यस अघि अन्नपूर्ण हिमालका लागि ४० जना, नुप्त्से हिमालका लागि चार जना र मनास्लु हिमाल आरोहणका लागि एक जनाले अनुमति लिएका पर्यटन विभागले जनाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।