बाँके प्रहरीले पाँच जनाको हत्या र बलात्कार लगायत ९ वटा मुद्दाका फरार अभियुक्त धर्म सिंहका नामले कुख्यात राजेश यादवलाई आज बिहान पक्राउ गरेको छ ।
प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका यादव अपहरण गरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने सहित ९ वटा मुद्दाको फरार अउद्योग, बम विष्फोट, हात हतियारलगायतभियुक्त रहेको र आज बिहान करिव ३ बजेको समयमा बाँकेको गडुवा गाउँपालिकाबाट पक्राउ गरिएको त्यहाँका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए ।
गत शुक्रबार मात्रै सरुवा भइ आएका एसपी रानाले यादव भारतबाट घरमा आएको सुचनाका आधारमा प्रहरीले पक्राउ गरिएको बताए । पुरैनी भन्ने स्थानका युवा बसन्त मल्ललगायतको हत्यामा संलग्न भनिएका यादवलाई गरिएको पक्राउलाई प्रहरीले ठूलो सफलता हात पारेको दावी गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।