बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया शुरु

विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया शुरु

मेगा खबर संवाददाता

१३, चैत्र २०७७
  • 1.8K
    SHARES

  • विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया शुरु

    विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया शुरु भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ  न्यु इनर्जी टेक्नोलोजी कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो ।

    प्राधिकरणले निर्माण  कम्पनीलाई  सम्झौताका  लागि  २८ दिनको    म्यादसहितको पत्र पठाइसकेको जनाएको छ ।

    कम्पनीलाई बैङ्क ग्यारेन्टीसहित   सम्झौता   गर्न   पत्र ‘लेटर   अफ   इन्टेन’ (एलओआई) पठाइएको  छ ।  प्राधिकरणका  प्रवक्ता मदन  तिम्सिनाले  भने,  “कम्पनी छनोट गरी सम्झौता गर्न आउन २८ दिनको म्यादसहित पत्र पठाइएको छ । अब  छिट्टै  सम्झौता  भई  काम  सुरु हुन्छ ।  सम्झौता  भएको  एक  वर्षमा निर्माण सकिनेछ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

    शुक्रवार, चैत्र १३ २०७७०८:३०:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार