बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विश्वभरकै प्रमुख पर्यटकीय गन्तव्यको पर्यटन प्रवद्र्धनमा जोड

विश्वभरकै प्रमुख पर्यटकीय गन्तव्यको पर्यटन प्रवद्र्धनमा जोड

मेगा खबर संवाददाता

१२, चैत्र २०७७
  • 1.4K
    SHARES

  • विश्वभरकै प्रमुख पर्यटकीय गन्तव्यको पर्यटन प्रवद्र्धनमा जोड

    काठमाडाै, संसदीय समितिका निर्देशन र निर्णय सरकारले कार्यान्वयन नगरेको गुनासो गर्दै प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्यले समितिका निर्देशन लागू गर्न सरकार क्रियाशील हुनुपर्नेमा जोड दिए ।

    पुरातात्त्विक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रका सम्बन्धमा छलफल गर्न आयोजित समितिको आजको बैठकमा विपक्षी दलका मात्र नभई सत्तापक्षका सांसदले पनि सरकारबाट आफैँ भएका निर्णय समेत कार्यान्वयन नभएको आरोप लगाए । 

    समितिका सभापति पवित्रा निरौलाका अध्यक्षतामा भएको बैठकमा सदस्यले प्राकृतिक, पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले विश्वकै प्रमुख पर्यटकीय गन्तव्य नेपालको पर्यटन प्रवद्र्धनमा सशक्तरूपमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।उनिहरूले पर्यटकीय क्षेत्रको विकास तथा त्यसबाट प्राप्त लाभ जनस्तरमा पुर्याउन पर्यटकीय गन्तव्यको विविधीकरण गर्दै नयाँ पर्यटकीय स्थल र उपजको पहिचान, विकास एवं पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बनाउनुपर्ने बताए । 

    बिहिवार, चैत्र १२ २०७७०५:१४:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार