बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

क्वारेन्टिनबाट घर फर्किएका व्यक्तिको मृत्यु

क्वारेन्टिनबाट घर फर्किएका व्यक्तिको मृत्यु

  • 1.4K
    SHARES

  • क्वारेन्टिनबाट घर फर्किएका व्यक्तिको मृत्यु

    कैलाली । सोमबार कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एक व्यक्तिको मृत्यु भएको छ ।

    जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ७ का ३६ बर्षका पुरुषको सोमबार साँझ मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनी बालसेवा माध्यामिक बिद्यालयको क्वारेन्टाइनबाट आइतबार आरडिटी विधिबाट परीक्षण गरी एन्टीबडी नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य शाखाकी प्रमुख जयन्ती बिसीले जानकारी दिइन् ।

    भारतबाट आएका उनी १३ दिन क्वारेन्टाइनमा बसी आइतबार घर फर्किएको स्थानीयले बताए । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय लम्किको टोली पुगेको छ ।

    मंगलवार, आषाढ ९ २०७७११:१९:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार