बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अनलाइन तथा सामाजिक सञ्जालमार्फत औषधि बिक्री वितरण गर्न अब नपाइने

अनलाइन तथा सामाजिक सञ्जालमार्फत औषधि बिक्री वितरण गर्न अब नपाइने

मेगा खबर संवाददाता

१२, चैत्र २०७७
  • 2.9K
    SHARES

  • अनलाइन तथा सामाजिक सञ्जालमार्फत औषधि बिक्री वितरण गर्न अब नपाइने

    काठमाण्डाै, अनलाइन तथा सामाजिक सञ्जालमार्फत औषधि बिक्री वितरण गर्न नपाइने भएको छ ।

    सामाजिक सञ्जालमा फार्मेसी सेवाका नाममा गैरकानुनी रुपमा भइरहेको औषधि बिक्री वितरण तत्काल बन्द गर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

    विभागले सूचना जारी गर्दै औषधि ऐन २०३५, दफा १९ बमोजिम औषधिको गलत विज्ञापन गर्न नहुने कानुनी व्यवस्था रहेकाले कानुन विपरीत अनलाइनबाट भइरहेको औषधि बिक्री वितरण बन्द गर्न भनेको हो । निर्देशन अटेरी गर्नेमाथि कारबाही हुने विभागले चेतावनी दिए ।

    अनलाइन फार्मेसीबाट औषधि खरिद नगर्न र नगराउन विभागले उपभोक्तालाई आग्रह गरिइएको छ । अनलाइन फार्मेसीका नाममा छुट सुविधा उल्लेख गरेको औषधिको गैरकानुनी बिक्री वितरण भइरहेको विभागले जनाइएको छ ।

    बिहिवार, चैत्र १२ २०७७१२:४४:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार