पाल्पाको रामपुर नगरपालिका १० वरभञ्ज्याङ्गमा गोरु काटेर खाएको आरोपमा ३ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ ५ गते शुक्रबार राती साढे ११ बजे वीरबहादुर सुनारको गोठमा बाँधेर राखेको गोरु नजिकैको सालघारीको जंगलमा लगेर काटेको आरोपमा रामपुर १० वरभञ्ज्याङ्गका २५ वर्षीय प्रेम सुनार, १९ वर्षीय दामोदर सुनार र १९ वर्षीय नारायण सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गोरु काटेको सूचना आइतबार मात्र थाहा पाएसँगै इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले घटनास्थल पुगेर पक्राउ गरेको थियो । वीर बहादुरले हुँगीबाट एक हल गोरु ल्याएका थिए । जसमध्ये एउटा बेचेको र अर्को गोरु गोठमै राखेका थिए । घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।