बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकको थप २ महिलामा कोरोना पुष्टि, संक्रमित संख्या २९ पुग्यो

सिन्धुपाल्चोकको थप २ महिलामा कोरोना पुष्टि, संक्रमित संख्या २९ पुग्यो

  • 2.0K
    SHARES

  • सिन्धुपाल्चोकको थप २ महिलामा कोरोना पुष्टि,  संक्रमित संख्या २९ पुग्यो

    सिन्धुपाल्चोकमा थप दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनकोसी गाउँपालिकास्थित क्षेत्रीय क्वारेन्टिनमा बस्दै आएका बलेफी गाउँपालिकाकी २४ वर्षीया र बाह्रविसे नगरपालिकाकी ३९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।  

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको थ्रोट स्वाब परीक्षणबाट महिलामा कोरोना पुष्टि भएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए। बलेफीकी संक्रमित महिला भारतबाट फर्केकी हुन्। बाह्रविसेकी संक्रमित महिला भने कुवेतबाट आएकी थिइन्। 

    थपिएका दुई महिला संक्रमितसमेत सिन्धुपाल्चोकमा संक्रमितको संख्या २९ पुगेको छ। संक्रमित एक महिलाको भने मृत्यु भइसकेको छ। 

    एक संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

    सोमवार, आषाढ ८ २०७७०१:४२:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार