चितवनमा सोमबार थप ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भरतपुर–१९ कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ । यससँगै चितवनमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
थप कोरोना संक्रमित माडी नगरपालिकाका ४ जना र भरतपुर महानगरपालिकाका एक जना रहेका छन् । थप कोरोना संक्रमित माडी नगरपालिका वडा नं २, ५, ६ र ८ का ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु र भरतपुर महानगरपालिका वडा नं २८ का २९ वर्षीय पुरुष रहेको प्रयोगशाला स्रोतले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।