बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

हेटौँडा-कुलेखानी-काठमाडौँ सडक पुन: अवरुद्ध

हेटौँडा-कुलेखानी-काठमाडौँ सडक पुन: अवरुद्ध

  • 1.6K
    SHARES

  • हेटौँडा-कुलेखानी-काठमाडौँ सडक पुन: अवरुद्ध

    हेटौँडा-कुलेखानी-काठमाडौँ सडकखण्डमा फेरि पहिरो गएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज (सोमबार) बिहान पहिरो गएको हो।

    पहिरोले सडक अवरुद्ध छ। यो सडकमा तीन दिन अघि पनि ठाउँ ठाउँमा पहिरो गएको थियो । सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।

    यसैगरी पहिरोले लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीशहर चामे सकड पुनः अवरुद्ध भएको छ। शनिबार बिहान गएको पहिरोले अवरुद्ध सडक आइतबार साँझबाट शुरु भए पनि आज बिहान विभिन्न स्थानमा पहिरो जाँदा सडक पुनः अवरुद्ध भएको हो।

    आइतबार रातिबाट परेको वर्षाले लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिकास्थित रामबजार, स्यागे, गोप्टेभिरलगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए ।

    सकड अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि सञ्चालन हुने सवारीसाधनदेखि मानिसको पैलन आवतजावतसमते रोकिएको छ। बेँसीशहर–चामे कच्ची सडक ६५ किलोमिटर लामो छ।

    सोमवार, आषाढ ८ २०७७१२:०१:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार