बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोना संक्रमित उच्च संख्यामा नयाँ विश्व रेकर्ड

कोरोना संक्रमित उच्च संख्यामा नयाँ विश्व रेकर्ड

  • 1.7K
    SHARES

  • कोरोना संक्रमित उच्च संख्यामा नयाँ विश्व रेकर्ड
    विश्व स्वास्थ्य संगठनले २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ।

    संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ। यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उसको भनाइ छ।

    विश्वका थुप्रै मुलुकले लकडाउनलाई खुकुलो पार्दे गएको सन्दर्भमा यो तथ्यांक सार्वजनिक भएको हो।

    यसअघि जुन १८ मा सबैभन्दा धेरै संक्रमित फेला परेका थिए। सो दिन १ लाख ८१ हजार २ सय ३२ संक्रमित पुष्टि भएका थिए।

    हाल विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा फेला परेका छन्। त्यहाँ २२ लाख ७९ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ।

    अमेरिकापछि सर्वाधिक संक्रमित ब्राजिलमा रहेका छन्। हालसम्म ११ लाख बढी संक्रमित फेला परेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघिसकेको छ।

    यस्तै पछिल्लो विश्व विवरण अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ८९ लाख भन्दा बढी भइसकेको छ।

    यसैगरी कोरोनाका कारण विश्वभर ४ लाख ६७ हजार बढी मानिसको मृत्यु भइसकेको छ।

    सोमवार, आषाढ ८ २०७७११:१०:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार