बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सोमबार बिहानै नवलपुरमा थप २४ जनामा कोरोना

सोमबार बिहानै नवलपुरमा थप २४ जनामा कोरोना

  • 1.4K
    SHARES

  • सोमबार बिहानै नवलपुरमा थप २४ जनामा कोरोना

    पूर्वी नवलपरासी (नवलपुर)मा थप १६ जना कोरोना संक्रमित फेला परेका छन् ।

    चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । यसअघि सोमबार बिहान नै गण्डकी प्रदेशको क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरको बौदिकाली गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको थियो ।

    यससँगै नवलपुरमा सोमबार विहानमात्रै कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २४ पुगेको छ । चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका बुलिङ्टारका १४ जना संक्रमित सबै पुरुषहरु हुन् । उनीहरु १८ देखि ४० वर्ष उमेर समूहका छन् ।

    यस्तै गैंडाकोट नगरपालिका ३५ वर्षीय पुरुष र २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

    सोमवार, आषाढ ८ २०७७१०:५१:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार