बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौं आईपुगे साउदीबाट २ सय ४७ नेपाली

काठमाडौं आईपुगे साउदीबाट २ सय ४७ नेपाली

  • 2.2K
    SHARES

  • काठमाडौं आईपुगे साउदीबाट  २ सय ४७ नेपाली

    लकडाउनको कारण साउदी अरबमा अलपत्र परेका २ सय ४७ नेपाली आइतवार बिहान करिव ८ः४५ को समयमा काठमाडौं आइपुगेका छन् । पहिलोपटक नेपाल एयरलाइन्सले शनिवार साँझ त्यहाँको उडान गरि किङ खालिद इन्टरनेशनल एयरपोर्ट रियादबाट नेपालीहरु ल्याएको हो ।

    साउदी अरबमा रोजगारीको लागि ठुलो संख्यामा नेपालीहरु रहेका छन् । साउदीमा लकडाउनको कारण अलपत्र परि नेपाल फर्कनको लागि २ सय ५९ जना यात्रुले टिकट लिएका थिए । तर ती मध्ये १२ जना विभिन्न कारणले उक्त उडानमा नेपाल फर्कन नपाएको भाटाआईएखो छ ।

    त्यहाँ रहेका नेपालीहरुको उद्धार गरी ल्याउनको लागि नेपाल एयरलाइन्सलाई त्यसतर्फ पठाउन होलिडेज ट्राभल्स एण्ड टुर्स लिमिडेट र गिल्ट ट्राभल्सले समन्वय तथा सहजिकरण तथा संयोजन गरेका थिए ।

    उनीहरुलाई नेपाल फर्किएसँगै सरकारले लागू गरेको मापदण्ड अनुसारको क्वारेन्टाइनमा राखि घर पठाइनेछ ।

    आइतवार, आषाढ ७ २०७७०२:०९:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार