बारामा आज (आइतबार) थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीन जना पुरुषमा संक्रमण देखिएको हो ।
संक्रमितमध्ये एक २४ वर्षीय पुरुष हुन् । अन्य दुई जनाको उमेर खुलेको छैन ।
संक्रमित तीनै जनाको स्वाब सिम्रौनगढ नगरपालिकाबाट पठाइएको थियो । योसँगै बारा जिल्लामा संक्रमितको संख्या १०६ पुगेको छ ।
एक जना महिलासहित २० जनाको कलैया अस्पताल अन्र्तगत शैक्षिक तालिम केन्द्र गंगापुर आइसोलेसनमा उपचार भइरहेको छ । अरु संक्रमित डिस्चार्ज भइसकेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।