बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आइतबारको मौसम पूर्वानुमान : देशभर आँशिक देखि सामान्य बदली

आइतबारको मौसम पूर्वानुमान : देशभर आँशिक देखि सामान्य बदली

  • 1.5K
    SHARES

  • आइतबारको मौसम पूर्वानुमान : देशभर आँशिक देखि सामान्य बदली

    काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आइतबार प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदूरपश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, भारतको पूर्वि उत्तर प्रदेशको भूभागमा न्युन चापीय प्रणालीको समेत विकास भएको जानकारी दिएको छ । 
     
    महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आइतबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा प्रदेशहरुमा आँशिकदेखि सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख छ ।

    यसैगरी, गण्डकी प्रदेश, प्रदेश ५, तथा कर्णाली प्रदेश धेरै स्थानहरु र बाँकी प्रदेशका केहि स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, राति  सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने पूर्वानुमानमा उल्लेख छ । 

    राति, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको र प्रदेश ५, गण्डकी प्रदेश, वागमति प्रदेश, प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान छ ।

    आइतवार, आषाढ ७ २०७७०८:५२:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार