अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा काठमाडौँमा साइकल र्याली गरेका युवा–विद्यार्थीलाई प्रहरीले जमल क्षेत्रबाट नियन्त्रणमा लिएको छ । प्रदर्शनकारी करिब १५ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।
शनिबार बिहानै युवा–विद्यार्थीहरुले एमसीसीको विरोधमा काठमाडौँमा प्लेकार्डसहित साइकल र्याली गरेका हुन् । माइतीघर–जमल–बालुवाटार साइलक र्याली गरेका युवा विद्यार्थीले ‘एमसीसी अस्वीकार गरौँ’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनकारीले ‘रिजेक्ट एमसीसी, एमसीसी क्यान्सर हो’ जस्ता नारा लगाएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।