नागरिकको हितमा सरकारको काम अति कमजोर रहेको र भ्रष्टाचार बढेको विरोधमा युवाहरुले शनिबार बिहान काठमाडौँको शहीद गेटमा सडकमै सुतेर प्रदर्शन गरेका छन् । कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकार असफल भएको आरोप लगाउँदै युवाहरुले राजधानीको शहीदगेटमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारको कमजोर प्रयास, विभिन्न क्षेत्रमा भएका भ्रष्टाचार तथा सरकारले त्यसप्रति गरेको अनदेखीको विरोधमा प्लेकार्ड बाकेका थिए ।
पीसीआर परीक्षण बढाउनु पर्ने, स्वास्थ्य सेवा बिस्तार गर्नु पर्ने बेला सरकार भ्रष्टाचारमा लिप्त भएर प्रधानमन्त्रीले बेसारलाई ओखतीका रुपमा प्रस्तुत गर्नु लाजको कुरा रहेको प्रदर्शनकारीले बताएका छन् ।
उनीहरुले जनताको स्वास्थ्यको लागि पीसीआर परीक्षण बढाउनसमेत माग गर्दै आएको छ। प्रदर्शनकारीले अन्तिमा राष्ट्रियगान बजाउँदा सुरक्षाकर्मीले स्यालुट गर्नुपरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।