बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परि नेपाली सेनाका एक जवानको ज्यान गयो

पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परि नेपाली सेनाका एक जवानको ज्यान गयो

मेगा खबर संवाददाता

३, चैत्र २०७७
  • 2.0K
    SHARES

  • पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परि नेपाली सेनाका एक जवानको ज्यान गयो

    कास्की, पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परि नेपाली सेनाका एक जवानको ज्यान गयो ।

    सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमवार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

    उनका अनुसार दुर्घटना लगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवामा रहेकाे सैनिक अस्पताल पुर्याएकामा उपचारका क्रममा साँझ ४ः ४५ बजे ज्यान गएको छ ।

    मगर सेनाको कालीजङ्ग गणमा कार्यरत थिए । मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।  

    मंगलवार, चैत्र ३ २०७७१०:४६:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार