बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अवैध भित्रिने मोबाइल फोन अब चल्न बन्द गर्ने तयारी

अवैध भित्रिने मोबाइल फोन अब चल्न बन्द गर्ने तयारी

मेगा खबर संवाददाता

३, चैत्र २०७७
  • 2.3K
    SHARES

  • अवैध भित्रिने मोबाइल फोन अब चल्न बन्द गर्ने तयारी

    काठमाडौं, खुला सीमा नाकाका कारण नेपालमा कुल मोबाइलको ४० प्रतिशत अवैध रूपमा भित्रिने गरेको व्यवसायीले बताउँदै आएका छन् । 

    अवैध मोबाइलको कारोबारका कारण व्यवसाय संकटमा परेको नेपाल मोबाइल फोन आपूर्ति संघले बताउँदै आएको छ । व्यवसायीको गुनासो सम्बोधनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा मोबाइलको अवैध आयात बन्द गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । 

    गत चैतदेखि असारसम्म नेपालमा भएको बन्दाबन्दीपछि मोबाइल फोनको आयात ह्वात्तै बढ्यो । कोरोनापछि कामहरू अनलाइनमार्फत हुन थालेकाले माग बढे पनि व्यवसायीले अवैध आयात रोकिएकाले पनि आयात बढेको देखिएको बताउँदै आएका थिए ।

    हालसम्म आधिकारिक दर्ता नभएका मोबाइल फोन बन्द गर्ने कुनै पनि प्रविधि छैन । तर एमडीएमएसले नेपालमा भएका मोबाइल फोनलाई सेतोसूची, खैरोसूची र कालोसूचीमा राख्छ । 

    सेतोसूचीमा  आधिकारिक, खैरोसूचीका मोबाइल फोन हराएका वा चोरी भएका हुने र कालोसूचीमा अनधिकृत फोन हुने प्राधिकरणका प्रवक्ता अर्यालले बताए । कालोसूचीमा भएका मोबाइल फोन बन्द गरिने भएकाले आधिकारिक कम्पनीबाट आयात भएका मोबाइल फोन मात्र नेपालमा चल्ने उनले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

    मंगलवार, चैत्र ३ २०७७०७:०६:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार