बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मलेसिया र कुवेतबाट आज १३ नेपालीको शव नेपाल ल्याइने

मलेसिया र कुवेतबाट आज १३ नेपालीको शव नेपाल ल्याइने

  • 2.0K
    SHARES

  • मलेसिया र कुवेतबाट आज १३ नेपालीको शव नेपाल ल्याइने

    आज मलेसिया र कुवेतबाट १३ नेपालीको शव नेपाल ल्याइने भएको छ । मलेसियाबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत ११ जना नेपालीको शव आज साँझ आइपुग्ने वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ ।

    मकवानपुरका रामसिंह थिङ, सर्लाहीका रामनारायण महतो, गुल्मीका कृष्णप्रसाद ज्ञवाली, सर्लाहीका मोहम्मद जुनियाद मिया मन्सुर, मोरङका राम लखन मण्डलको शव आज मलेसियाबाट ल्याइनेछ । यस्तै चितवन भरतपुरका लाक्पा ब्लोलन, रोल्पाका टोपबहादुर पुन, सप्तरीका, इन्द्रकुमार यादव, नुवाकोटका सुजन रानामगर, पर्साका दर्शन पण्डित कुमाल र रामेछापका बुद्धि योञ्जनको शव मलेसियाबाट नेपाली लिएर आउने नेपाल एअरलाइन्सको चार्टर्ड जहाजले ल्याउनेछ ।

    यस्तै केहीबेरअघि कुवेतबाट नेपाली लिएर आएको जजिरा एअरले पनि दुई जना नेपालीको शव ल्याएको छ । लम्जुङका आइतबहादुर गुरुङ र सर्लाहीका अमितकुमारको शव आज कुवेतबाट आएको हो ।

    त्रिभुवन विमानस्थलबाट बोर्डले नै शवलाई निःशुल्क घरसम्म पुर्‍याइदिन्छ ।

    कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि शव पनि विदेशमै रोकिएको थियो । अहिले चार्टर्ड जहाजमार्फत गन्तव्य देशमा समस्यामा परेका नेपाली फर्काउन थालेपछि शव पनि ल्याउन थालिएको हो ।

    यसअघि हिजो मात्रै कतारबाट २० जना, कुवेतबाट २ जना, यूएई र साउदीबाट एक, एक गरी २४ जना नेपालीका शव स्वदेश ल्याइएको छ ।

    शनिवार, आषाढ ६ २०७७१२:४५:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार