बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पाल्पामा थपिए १६ जना संक्रमित

पाल्पामा थपिए १६ जना संक्रमित

  • 1.3K
    SHARES

  • पाल्पामा  थपिए १६ जना संक्रमित

    पाल्पामा थप १६ जना संक्रमित भेटिएका छन् । पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ६ यम्घाको क्वारेन्टाइनमा १३ र वडा नं ७ को क्वारेन्टाइनमा ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा संक्रमितको संख्या ७१ पुगेको छ ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १६ जनामा सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पले जनाएको छ । संक्रमित हुनेमा १९ देखि ४५ वर्ष उमेर समुहका रहेका छन् । सक्रमितमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् ।

    संक्रमित हुनेमा वडा नं ६ यम्घाका ९ जना पुरुष, र ४ जना महिला, वडा नं ७ खानीगाउँका ३ जना पुरुष छन् । त्यस्तै वडा नं ६ यम्घाको भगवती आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ९ जना, अरनी आधारभुत विधालयमा बसेका १ जना, सिता मावीको क्वारेन्टाइनमा बसेका ३ जना र वडा नं ७ खानीगाउँको खानीगाउँ मावीमा बसेका ३ जना रहेका छन् ।

    संक्रमित १६ जनालाई आज तानसेनको आइसोलेसमा ल्याउने तयारी भैरहेको छ । उनीहरुको अवस्था समान्य रहेको छ ।

    शनिवार, आषाढ ६ २०७७१२:४१:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार