फोक्सोको क्यान्सरका बिरामी रहेका चितवनका ७५ वर्षीय वृद्ध कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । कोभिड-१९ पुष्टि भएर भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत भरतपुर महानगरपालिका-६ का उनी आज संक्रमणमुक्त भएका हुन् ।
उनका पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई आज डिस्चार्ज गरेको हो । फोक्सोको क्यान्सरबाट पीडित भए पनि उनी सहजै कोरोनाको संक्रमणबाट मुक्त भएका हुन् । क्यान्सरकै उपचारका लागि भारत गएका उनी लकडाउनकै समयमा घर फर्किएका थिए।
९ जेठमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनकी श्रीमती र छोरालाई पनि संक्रमण देखिएको थियो। छोरा भने यसअघि नै डिस्चार्ज भएका थिए। उनकी श्रीमती पनि आजै डिस्चार्ज भएकी हुन्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।