बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकमा थप सङ्क्रमित १८ जनामा मध्ये ९ जना महिला, सातजना पुरुष

सिन्धुपाल्चोकमा थप सङ्क्रमित १८ जनामा मध्ये ९ जना महिला, सातजना पुरुष

  • 1.4K
    SHARES

  • सिन्धुपाल्चोकमा थप सङ्क्रमित १८ जनामा मध्ये ९ जना महिला, सातजना पुरुष

    सिन्धुपाल्चोकमा कोरोना संक्रमण पुष्टि भएको थप १८ जनामा मध्ये ९ जना महिला, सातजना पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गएराति आएको रिपोर्टमा १८ जनाको पिसीआर पोजेटिभ देखिएको हो । मेलाम्ची नगरपालिकास्थित रिभर साइड र बाहुनेपाटीको क्वारेन्टाइनमा राखिएका १८ जनालाई कोरोना संक्रमण भएसँगै सिन्धुपाल्चोकमा सङ्क्रमितको संख्या २४ पुगेको छ ।

    जेठ २९ गते कुवेतबाट आएका १० महिलामध्ये ९ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै भोजपुरबाट जेठ २८ गते आएका चार पुरुष र दोलखाबाट जेठ १० मा आएका पाँच पुरुषमा कोरोना संक्रमण देखिएको छ । दोलखाबाट आएका पुरुषहरु पाँचपोखरी गाउँपालिकाका हुन् । उनीहरुमध्ये दुई जनालाई यसअघि नै संक्रमण भएको थियो । त्यसैगरी कुवेतबाट आउनेमा हेलम्बु, इन्द्रावती, पाँचपोखरी र मेलम्चीका छन् ।

    कुवेतमा आममाफी पाएर स्वदेश फर्केका उनीहरु १८ देखि ४१ वर्ष उमेर समुहका छन् । यसअघि इन्द्रावतीका दुई, पाँचपोखरीका दुई र बाह्रबिसे नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको थियो , जसमध्ये एकजनाको मृत्यु भएको छ भने एकजना निको भएर घर फर्की सकेका छन् ।

    शुक्रवार, आषाढ ५ २०७७०३:३५:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार