आरडिटी नेगेटिभ आएका एक युवाको घर पुगेपछि मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–३ स्थित क्वारेन्टाइनबाट घर गएका एक युवाको बिहीबार राति मृत्यु भएको हो ।
आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर पठाएका उनी बिरामी परेपछि उपचारका लागि बर्दिया अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
उनी दुई साताअघि काठमाडौंबाट बर्दिया पुगेको र १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर फर्किएका थिए । मृतकको स्वाब कोरोना परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ । परीक्षणको रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने जनाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।