कोरोना भाइरसको महामारीले साउदीमा अप्ठ्यारोमा परेका १५३ जना नेपाली काठमाडौं आइपुगेका छन् ।
१५३ जना नेपाली लिएर आएको हिमालय एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४५ मिनेटमा अवतरण गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उक्त विमानबाट साउदीमा वैदेशिक रोजगारीको शिलशिलामा निधन भएका एक नेपालीको शव पनि ल्याइएको उनले जानकारी दिए ।
साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको यो पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एयरलान्सले दोस्रो चार्टर्ड उडान भोलि शनिबार पनि हुने क्षेत्रीले जानकारी दिए ।
उक्त उडानमार्फत स्वदेश फिर्तीका लागि २२६ जना प्राथमिकतामा परेका छन् । यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्नेछ ।
यो उडानमार्फत स्वदेश फिर्तीका लागि ४४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ ।
यस्तै आजै माल्दिभ्सबाट पनि १५० जना तथा कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्कदै छन् । यस्तै यूएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । फर्कनेहरुमा अधिकांश महिला छन् ।
उनीहरूलाई लिएर उडेको नेपाल एयरलाइन्सको विमान साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।