नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अहिलेकै सबैभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । आजै ५ सय ८६ जनामा संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार सबैभन्दा बढी महोत्तरीमा १ सय ९४ जना संक्रमित थपिएका छन्, यो फरक–फरक प्रयोगशालामा गरिएको परीक्षणको एकीकृत तथ्यांक हो ।
यी हुन्, नयाँ संक्रमित थपिएका जिल्ला :
महोत्तरी – १९४
रौतहट – १२७
प्युठान – ३८
बर्दिया – ३१
धनुषा – २६
गुल्मी – २६
सल्यान – २५
नवलपुर – १७
कालिकोट – १४
अर्घाखाँची – १२
कपिलवस्तु – १०
मोरङ – ९
दाङ – ८
बारा – ७
रुपन्देही – ७
कञ्चनपुर – ७
महोत्तरी – ६
सर्लाही – ६
उदयपुर – ४
पर्वत – ३
सुर्खेत – २
दैलेख – २
झापा – २
कैलाली – १
सिरहा – १
बाँके – १
निको भएर घर फर्किनेको संख्या भने १ हजार १ सय ६७ पुगेको छ । मृतकको संख्या भने २० पुगेको मन्त्रालयले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।