बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्युठानमा १८ जना कोरोना संक्रमित थपिए

प्युठानमा १८ जना कोरोना संक्रमित थपिए

  • 2.1K
    SHARES

  • प्युठानमा  १८ जना कोरोना संक्रमित थपिए

    प्युठानमा थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा २२ देखि ४४ वर्षका १८ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

    यससँगै प्युठानमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । संक्रमितमध्ये नौबहिनी गाउँपालिकाका ३ जना, प्युठान नगरपालिकाका ४ जना, माण्डवी गाउँपालिका ९ जना र स्वर्गद्वारी नगरपालिकाका २ जना रहेका जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए । उनीहरु भारतका विभिन्न स्थानबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।

    संक्रमण पुष्टि भएसँगै उनीहरुलाई स्थानीय तहले निर्माण गरेका आइसोलेसन सेन्टरमा राखिएको सुवेदीले बताए । प्यूठानका ९ वटा स्थानीय तह मध्ये बुधबारसम्म झिमरुक र मल्लरानी गाउँपालिकामा कोरोना संक्रमित फेला परेका छैनन् ।

     

    बुधवार, आषाढ ३ २०७७०३:१८:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार