होन्डरसका राष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रपतिसँगै उनकी श्रीमती र दुई सहयोगीको पनि कोरोना परीक्षणको नतिजा पोजेटिभ देखिएको छ ।
गत साताको अन्त्यदेखि उनी अस्वस्थ भएको र मंगलबार कोरोना पुष्टि भएको उनले राष्ट्रिय टेलिभिजनमार्फत जानकारी गएका हुन् । महामारीलाई जित्न राष्ट्रपतिसँग पर्याप्त शक्ति र उर्जा रहेको स्वयम् राष्ट्रपतिले बताएका हुन्। उले सो उर्जा आफ्नो शरीरमा भएको महसुस गरेको उनले बताए। राष्ट्रपतिले आफ्नो काम भने जारी राख्ने निर्णय गरेका छन् ।
करीब तीन महिनाको लकडाउन पछि होन्डरसको अर्थतन्त्र गत हप्तादेखि गरिएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार होन्डरसमा हालसम्म नौ हजार ६ सय जनामा कोरोना भाइरस संक्रमित छन् भने तीन सय ३० जनाको कारोना भाइरस संक्रमणका कारण निधन भएको छ । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।