बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भरतपुर कोरोना विशेष अस्पताल बन्द

भरतपुर कोरोना विशेष अस्पताल बन्द

  • 2.5K
    SHARES

  • भरतपुर कोरोना विशेष अस्पताल बन्द

    कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेका बेला सञ्चालनमा आएको दुई महिनामै चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको सेवा रोकिएको छ ।

    ७२ घण्टामै बनाइएको भनेर त्यसबेला निकै चर्चा भएको उक्त अस्पताल गत चैत ७ गते सञ्चालनमा आएको थियो । उक्त अस्पताल भरतपुर अस्पताल मातहत राखिएको थियो ।

    भरतपुर अस्पतालका प्रमुख डाक्टर श्रीराम तिवारीले कोरोना विशेष (अस्थायी) अस्पताल बन्द गरिएको जानकारी मंगलबार गराएका थिए । तिवारीका अनुसार कोरोना विशेष अस्पतालमा रहेका १८ जना कोरोनाका बिरामीलाई भरतपुर अस्पतालमा स्थानान्तरण गरिएको छ ।

    स्रोतका अनुसार कोरोना विशेष अस्पतालका सेवा रोकिनुमा मुख्य दुई कारण छन्। पहिलो- अस्पताल व्यवस्थापन गतिलो थिएन । बिरामी सुत्ने शैय्यामुनि बाथरूमको पानी जमेपछि विरोध भएको थियो ।

    दोस्रो- भरतपुर -१० स्थित उक्त अस्पताल चितवन उद्योग संघले बनाएको प्रदर्शनी केन्द्रमा चलाइएको छ । संघले तीन महिनाका लागि अस्पताल चलाउन ठाउँ उपलब्ध गराएको थियो ।

    सुरूमा अस्पताल चलाउन बेग्लै समिति बनाए पनि चैत १९ देखि भरतपुर अस्पताल मातहत राखिएको थियो । अब उक्त अस्पताल कहिले पुन: सञ्चालन आउँछ भन्नेबारे जानकारी नभएको भरतपुर अस्पतालले बताएको छ ।

    बुधवार, आषाढ ३ २०७७०३:०३:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार