बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भाटभटेनीका अध्यक्षले टिचिङ अस्पतालमा नयाँ भवन बनाइदिने, ११ करोड,लागतमा १० महिनाभित्रै हस्तान्तरण गरिने

भाटभटेनीका अध्यक्षले टिचिङ अस्पतालमा नयाँ भवन बनाइदिने, ११ करोड,लागतमा १० महिनाभित्रै हस्तान्तरण गरिने

  • 2.3K
    SHARES

  • भाटभटेनीका अध्यक्षले टिचिङ अस्पतालमा नयाँ भवन बनाइदिने,  ११ करोड,लागतमा १० महिनाभित्रै हस्तान्तरण गरिने

    काठमाडौं– भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवी शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन् । 

    भवनको शिलान्यास बुधबार भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त भवनको शिलान्यास गरेका हुन् । भवन १० महिना भित्रै तयार पारेर हस्तान्तरण गर्ने योजना छ ।

    भाटभटेनी सुपरमार्केट्सका प्रबन्ध निर्देशक समेत रहेका गुरुङ र भाइ पहलमान गुरुङले स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन बनाउन लागेका हुन् ।

    अध्यक्ष गुरुङका अनुसार नयाँ भवन निर्माणमा करिब ११ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । बेसमेन्ट सहित पाँचतलाको हुने उक्त भवनमा एउटा तला २६ सय वर्गफिटको हुनेछ । गुरुङले यसअघि पनि करिब १० करोड लागतमा त्रिवी शिक्षण अस्पतालको आकस्मिक कक्षसहितको भवन निर्माण गरिदिएका थिए ।

    ‘हामीले यसअघि पनि १० करोड जति लगानीमा त्यहाँ भवन बनाइ दिएका थियौं’, भाटभटेनीका अध्यक्ष गुरुङले भने, ‘अहिले बनाउन लागेको भवनमा फर्निचर र आवश्यक सामग्री पनि उपलब्ध गराउने भनेका छौं । त्यहाँ भेन्टिलेटर सहितको व्यवस्था हुन्छ । यसअघि ६ महिना भित्रै तयार गर्ने योजना थियो तर कोरोना महामारीका कारण निर्माणको काम केही लम्बिने देखेका छौं । १० महिनाभित्रै हामीले उक्त भवन हस्तान्तरण गर्ने योजना छ ।’

    बुधवार, आषाढ ३ २०७७०१:२८:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार