बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

  • 3.1K
    SHARES

  • यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

    नेपालको पूर्वी भू-भागबाट मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कैलाली, बर्दिया, सुर्खेत जिल्ला आसपासको क्षेत्र साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा वर्षा भइरहेको जनाएको छ ।

    सोमबार दिउँसो सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।

    राती सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    मंगलबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ /हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

    बुधबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका  एक/दुई स्थानहरुमा  मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । एजेन्सी

    सोमवार, आषाढ १ २०७७१२:३५:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार