बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोना भाइरस : विश्वभर ७९ लाख ९० हजार १९१ संक्रमित

कोरोना भाइरस : विश्वभर ७९ लाख ९० हजार १९१ संक्रमित

  • 1.2K
    SHARES

  • कोरोना भाइरस : विश्वभर ७९ लाख ९० हजार १९१ संक्रमित

    विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७९ लाख ९० हजार १९१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६० हजार नयाँ संक्रमित थपिएका छन् ।

    थपिनेमा अमेरिका, ब्राजिल र भारतका सबैभन्दा धेरै रहेका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ३५ हजार ४९६ पुगेको छ । हालसम्म ४१ लाख ८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

    अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख १७ हजार ८५३ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २१ लाख ६२ हजार ११४ पुगेको छ । अमेरिकामा ८ लाख ६७ हजार ८४९ जना उपचार गरेर डिस्चार्ज भएका छन् ।

    यस्तै अन्य देशको बिवरण,

    • ब्राजिलमा हालसम्म ८ लाख ६७ हजार ८८२ जना संक्रमित हुँदा ४३ हजार ३८९ जनाको मृत्यु भएको छ ।
    • रुसमा ५ लाख २८ हजार ९६४ संक्रमित हुँदा ६ हजार ९४८ जनाको मृत्यु भएको छ ।
    • भारतमा हालसम्म ३ लाख ३३ हजार ८ संक्रमित हुँदा ९ हजार ५२० जनाको मृत्यु भएको छ ।
    • बेलायतमा हालसम्म ४१ हजार ६९८ जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार ८८९ जना संक्रमित रहेका छन् ।
    • स्पेनमा संक्रमितको संख्या २ लाख ९१ हजार ८ पुगेको छ भने २७ हजार १३६ जनाको मृत्यु भएको छ ।
    • इटालीमा संक्रमितको संख्या २ लाख ३६ हजार ९८९ पुग्दा ३४ हजार ३४५ जनाको मृत्यु भएको छ ।
    • पेरुमा २ लाख २९ हजार ७३६ जना संक्रमित हुँदा ६ हजार ६८८ जनाको मृत्यु भएको छ ।
    • जर्मनीमा १ लाख ८७ हजार ६७१ जना संक्रमित हुँदा ८ हजार ८७० जनाको मृत्यु भएको छ ।
    • इरानमा १ लाख ८७ हजार ४२७ जना संक्रमित हँदा ८ हजार ८३७ जनाको मृत्यु भएको छ ।
    • टर्कीमा १ लाख ७८ हजार २३९ संक्रमित हुँदा ४ हजार ८०७ को ज्यान गएको छ ।
    • फ्रान्समा संक्रमित १ लाख ५७ हजार २२० हुँदा २९ हजार ४०७ जनाको मृत्यु भएको छ ।
    • पाकिस्तानमा १ लाख ३९ हजार २३० संक्रमित हुँदा २ हजार ६३२ जनाको ज्यान गएको छ ।
    • बंगलादेशमा हालसम्म ८७ हजार ५२० संक्रमित हुँदा १ हजार १७१ को मृत्यु भएको छ ।

    सोमवार, आषाढ १ २०७७१२:१९:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार