बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

डीआईजी राजीव सुब्बाको राजीनामा स्वीकृत

डीआईजी राजीव सुब्बाको राजीनामा स्वीकृत

  • 6.7K
    SHARES

  • डीआईजी राजीव सुब्बाको राजीनामा स्वीकृत

    काठमाडौं । नेपाल प्रहरीका डीआईजी डा राजीव सुब्बाले तीन महिनाअघि बुझाएको राजीनामा स्वीकृत भएको छ।आफूभन्दा जुनियर अधिकारी एआईजी, एआईजी हुँदा पनि गृह मन्त्रालयले प्राविधिकतर्फ एआईजीको दरबन्दी नबनाएको भन्दै असन्तुष्टि जनाउँदै उनले पदबाट राजीनामा दिएका थिए।

    प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख रहेका डा सुब्बाले प्रहरी प्रधान कार्यालयलाई बुझाएको राजीनामा आइतबार स्वीकृत भएको हो। डीआईजी बढुवाअनुसार हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, एआईजी सिफारिस भएकाहरु, प्रहरी अस्पतालकी एआईजीभन्दा उनी सिनियर अधिकृत थिए। सुब्बाले २०५२ भदौमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्।

    प्रहरी ऐनमा प्राविधिकतर्फको अधिकृतले आईजीपी हुन नपाउने व्यवस्था छ। डीआईजीका रुपमा उनको अझै एक वर्ष सेवा अवधि बाँकी थियो। आईजीको दरबन्दी सिर्जना भएको भए उनले थप ५ वर्ष प्रहरीमा सेवा गर्न पाउने थिए।

    सोमवार, आषाढ १ २०७७१२:०६:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार