काठमाण्डौ, तपाईं मलेसियामा हुनुहुन्छ ? यदि हुनुहुनछ भने कुनै समस्या परेको छ ? यदि छ भने अब अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सकिनेछ ।
श्रमिकले आफ्ना समस्या दूतावासको वेबसाइटबाटै राख्न मिल्ने व्यवस्था गरिएको छ । गुनासो या आफ्नो समस्या राख्न दूतावासको वेबसाइट https://my.nepalembassy.gov.np मा जाने र त्यहाँ ‘श्रमिक जानकारी’मा क्लिक गर्ने । त्यहाँ क्लिक गरेपछि श्रमिक गुनासो भन्ने फाइलमा गइ गुनासो राख्न सकिने दूतावासले जनाइएको छ ।
आफ्नो गुनासो गर्न निकै सजिलो भपको छ । श्रमिकले आफ्नो नाम र पासपोर्ट नम्बर, आफ्नो सम्पर्क नम्बर, रोजगारदाताको परिचय लगायत सामान्य जानकारी राखिसकेपछि आफ्नो समस्या राखेर पेश गर्न सकिनेछ ।
दूतावासले यति गरेपछि तपाईंको समस्या समाधानको लागि तपाईंसँग सम्पर्क गर्नेछ । त्यसैले सम्पर्क नम्बर वा इमेल आईडी सही राख्नुपर्ने हुन्छ ।
इमेल आईडी labor.eonkl@mofa.gov.np र eonkualalumpur@mofa.gov.np मार्फत पनि आफ्ना गुनासा राख्न सकिने दूतावासले जनाएको छ ।
यो बाहेक दूतावासकाे फोन नम्बर ०३-२०२०१८९८ र ०३-२०२०१८९९ र ०३-२०२०१९०१ र हटलाइन नम्बर ०१६ २४७२७७७ मा फान गरेर पनि आफ्ना गुनासोहरु टिपाउन सकिनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।