बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

साधारण शेयर (आईपीओ)को रिजल्ट अब अनलाइन सञ्चार माध्यमहरूले प्रकाशन गर्न नपाउने

साधारण शेयर (आईपीओ)को रिजल्ट अब अनलाइन सञ्चार माध्यमहरूले प्रकाशन गर्न नपाउने

मेगा खबर संवाददाता

१३, फाल्गुण २०७७
  • 1.9K
    SHARES

  • साधारण शेयर (आईपीओ)को रिजल्ट अब अनलाइन सञ्चार माध्यमहरूले प्रकाशन गर्न नपाउने

    काठमाडौं, साधारण शेयर (आईपीओ)को रिजल्ट अब अनलाइन सञ्चार माध्यमहरूले प्रकाशन गर्न नपाउने भएका छन् ।

    सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यसअघि सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा अब भने नपाइने व्यवस्था ल्याएको छ ।   

    सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सिईओ पुर्णप्रसाद आचार्यले अब अनलाइन सञ्चार माध्यमहरुले आईपीओको रिजल्ट प्रकाशन गर्न नपाउने व्यवस्था गरिएको बताए ।  

    आचार्यले आर्थिक न्युजसंग भने‘लगानीकर्ताहरुको गोपनियता भएन भन्ने विरोध आएकोले यस्तो व्यवस्था गरिएको हो । अब आईपीओ जारी गर्ने संस्था, बिक्री प्रवन्धक र सिडिएस एण्ड क्लियरिङबाट मात्र आईपीओ रिजल्ट हेर्न सकिन्छ । महिला लघुवित्तको आईपीओ नतिजा पनि नयाँ व्यवस्था अनुसार नै हेर्न सकिने उनले जानकारि दिए ।  

    बिहिवार, फाल्गुण १३ २०७७०३:०९:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार