काठमाण्डौ । जिल्ला प्रशासन कार्यालयले काठमाण्डौ प्रवेशको लागि थप कडाइ गरेको छ ।
जिप्रकाले सूचना निकालेर काठमाण्डौ प्रवेशको लागि काठमाण्डौको जुन नगरपालिकामा बसोबास रहेको छ, त्यो नगरपालिकाको सिफारिस लिएर यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यसपछि विभिन्न जिप्रकाबाट अनुमति माग गरेर काठमाण्डौ जिप्रकामा अनुमति लिनुपर्नेछ ।
काठमाण्डौभित्रको पास रद्द गरिएको छ । काठमाण्डौ छाड्न चाहनेले पनि व्यक्तिगत अत्यावश्यक कार्यको लागि जिप्रकाबाट पास लिनुपर्ने र संस्थागत काम भएमा संस्थाको पत्र र काम खुलाउनुपर्नेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।