बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रदेश १ मा थप २७ जनामा कोरोना पुष्टि

प्रदेश १ मा थप २७ जनामा कोरोना पुष्टि

  • 1.8K
    SHARES

  • प्रदेश १ मा थप २७ जनामा कोरोना पुष्टि

    आइतबार मोरङमा थप २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार नै झापा र सुनसरीमा पनि एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।

    योसँगै आइतबार प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ पुगेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । रतुवामाई नगरपालिका– ८ सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका ५३ मध्ये २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    संक्रमितमध्ये २२ जना भारतबाट आएका हुन् । तीन जना नेपालकै अन्य स्थानबाट आएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोषकुमार साहले जानकारी दिए ।

    विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै मोरङमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ ।

    प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकामा १ जना र सुनसरीको रामधुनी नगरपालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    आइतवार, जेठ ३२ २०७७०४:३३:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार