बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजमात्रै कर्णालीमा थपिए १२१ जना कोरोना संक्रमित

आजमात्रै कर्णालीमा थपिए १२१ जना कोरोना संक्रमित

  • 1.8K
    SHARES

  • आजमात्रै कर्णालीमा थपिए १२१ जना कोरोना संक्रमित

    सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ११९ जनामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लामा गरिएको पीसीआर परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीमा कुल संक्रमितको संख्या ९ सय ६७ पुगेको छ भने हालसम्म ९४ जनाले कोरोना जीतेर घर फर्किएका छन् । आइतबार पृष्टि भएका थप ५२ जनामा सुर्खेतका १५ र दैलेखका ३७ जना रहेका छन ।

    सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका ४० र दैलेखका २९ जनामा संक्रमण पुष्टि भएको छ।

    कर्णालीमा सबैभन्दा बढी दैलेखमा ५ सय ३९ तथा सबैभन्दा कम हुम्ला र डोल्पामा १/१ र मुगुका २ जनामा कोरोना संक्रमण पृष्टि भएको छ।

    आइतवार, जेठ ३२ २०७७०४:२३:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार