बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुदूरपश्चिमका स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि

सुदूरपश्चिमका स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि

  • 1.6K
    SHARES

  • सुदूरपश्चिमका स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि

    सुदूरपश्चिममा अर्का स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण भएको छ । धनगढीस्थित प्रयोगशालामा स्वाब परीक्षणको क्रममा कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर-२ का ल्याब असिस्टेन्टलाई शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    शनिबार कोरोना पुष्टि भएका कञ्चनपुरका २१ जना मध्ये १४ जना लालझाडी गाउँपालिकाका रहेका र तीमध्ये एकजना ३२ वर्षीय स्वास्थ्यकर्मी रहेका छन् ।

    गाउँपालिकाका सङ्क्रमितहरुको जाँचमा संग्लन ती स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएपछि अहिले उनी होम क्वरेन्टीनमा बसेका छन् । उनले आफूमा कुनै पनि लक्ष्मण देखिएको र आफू होम क्वरेन्टीनमा बसेको बताए ।

    यसअघि लालझाडी गाउँपालिकासँगै जोडिएको पुर्नवास नगरपालिकाका दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु दुवै जना अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।

    आइतवार, जेठ ३२ २०७७०१:३०:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार