बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पर्वतमा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या ८ पुग्यो

पर्वतमा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या ८ पुग्यो

  • 1.4K
    SHARES

  • पर्वतमा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या ८ पुग्यो

    पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिवार राति पहिरोले घर पुरिँदा बेपत्ता भएका मध्ये आठ जनाको शव भेटिएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार शनिवार राति ५२ वर्षीय मीनकुमारी थापा र उनकी नातिनी ८ वर्षीया बिबिसा थापाको शव भेटिएको थियो भने आइतबार बिहान थप ६ जनाको शव भेटिएका हुन् ।

    आइतबार बिहान फेला परेकाहरूमा ३२ वर्षीया कमला बिक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा बिक, ३० वर्षीया दिपा थापा, ५२ वर्षीय तुलबहादुर थापा, १४ वर्षीय सम्राट थापा र १७ वर्षीय विवेक थापा रहेका छन् ।

    घरसँगै पुरिएका १६ वर्षीय जेनिस बिक भने अझैसम्म पनि फेला परेका छैनन्। बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले पहिरो गएलगत्तैबाट उद्धारको काम सुरु गरेका थिए।

    आइतवार, जेठ ३२ २०७७०१:१०:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार