बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पर्वतमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ६ बेपत्ता

पर्वतमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ६ बेपत्ता

  • 2.3K
    SHARES

  • पर्वतमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ६ बेपत्ता

     पर्वतकाे कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ६ जना बेपत्ता छन् ।

    गएराति ९ बजे भएको घटनामा दुई वटा घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख विश्वराज अधिकारीले बताएअनुसार मृत्यु हुनेमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा छन् ।

    बेपत्तामा हुनेमा चार जना ९ देखि १६ वर्ष उमेर समूहका छन् । दुई जना अन्दाजी २८/२९ र ३२/३३ वर्षका व्यक्ति भएको अधिकारीले बताए ।

    उनका अनुसार बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

    आइतवार, जेठ ३२ २०७७०८:११:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार