बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राजा त्रिभुवनकी छोरीको निधन

राजा त्रिभुवनकी छोरीको निधन

  • 1.6K
    SHARES

  • राजा त्रिभुवनकी छोरीको निधन

    काठमाडौं । राजा त्रिभुवनकी छोरी नलिनी राज्यलक्ष्मीदेवी सिंहको बिहीबार निधन भएको छ । तत्कालिन राजकुमारी नलिनीको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो ।

    उनको पारिवारिक स्रोतका अनुसार उनमा लामो समयदेखि मुटुसम्बन्धी स्वास्थ्य समस्या थियो । उनकी भतिजी तथा बशुन्धरा बिक्रम शाहकी छोरी ज्योती सिंह शाहबाट उनको निधन भएको पुष्टि भएको हो ।

    राजा त्रिभुवन र रानी इश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलिनीको सेप्टेम्बर २४, १९२४ मा जन्म भएको हो । उनको पुन्च काश्मिरका तत्कालिन राजासँग बिहे भएको थियो । त्यसपछि उनी भारतमै बस्दै आएकी हुन् । उनका दुई छोरा र तीन छोरी छन्।

    शुक्रवार, जेठ ३० २०७७०४:२१:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार