बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

उपत्यकामा सवारी चाप बढ्यो

उपत्यकामा सवारी चाप बढ्यो

  • 2.2K
    SHARES

  • उपत्यकामा सवारी चाप बढ्यो

    काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै सवारी साधन सञ्चालनमा जोर, विजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप बढेको छ ।  काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी सधनको चाप उच्च देखिएको छ । सडकमा सवारी चाप बढेपछि केही ठाउँहरुमा सवारी जाम समेत भएको छ । काठमाडौंको त्रिपुरेश्वर, थापाथली, बानेस्वर, जमल लगायतका ठाउँमा सवारी चाप अत्याधिक बढेको देखिन्छ । सवारी साधनको चाप बढेसँगै प्रहरीले सवारी साधनको जाँचलाई तिब्रता दिएको छ । शुक्रबार अर्थात ३० गते जोर नम्बरका सवारी साधन मात्रै सञ्चालन गर्न पाइने भएकाले प्रहरीले बिजोर नम्बरका सवारी साधनलाई फर्काइदिएको छ ।

    मोटरसाइकलमा जोर विजोर नम्बर लागू हुने या नहुने भन्ने सम्बन्धमा अन्यौल देखिएका कारण दुवै नम्बर प्लेटका मोटरसाइकलहरु सडकमा देखिएका छन् । जोर विजोर चलाउने विषयमा अन्योल देखिएपनि प्रहरीले बिजोर नम्बर प्लेट रहेका सवारीसाधनलाई कारबाही गरेको छ । यस्तै मोटरसाइकलको पछाडि बसेर यात्रा गर्ने मानिसहरुलाई झारेर पठाएको छ । चारपाङ्ग्रे सवारी साधनमा पनि चालक बाहेक २ जनाभन्दा बढी यात्रा गरेको पाइए कारबाही गरेको छ । यसबाहेक अत्यावश्यक सेवाका सवारी साधनलाई भने सञ्चालन गर्न दिइएको छ ।

    शुक्रवार, जेठ ३० २०७७१२:४७:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार