दैलेख जिल्लाको नारायण नगरपालिकाका २० महिने बालकसहित २२ जनाले कोरोना जितेका छन् । जिल्ला सदरमुकाम स्थित सरस्वती मावी तर्ताङ्गमा निर्माण गरिएको दैलेख अस्पतालको आइसोलेसन बार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन् ।
उनीहरुमा दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको हो।कोरोना संक्रमण पुष्टि भएका अधिकाँशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर घर फर्किएका हुन् ।
कोरोना जितेर फर्किने सबै भारतबाट आएका हुन् । आइसोलेसनमा उपचाररत उनीहरुको पीसीआर रिर्पोट नेगेटिभ आएको र रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा। निरञ्जन पन्तले जानकारी दिए ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड-१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिका वडा नम्बर २ का २१ र ४१ वर्षीय पुरुष, वडा नम्बर ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष, वडा नम्बर ४ का २० महिनाको बालक, २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेका हुन् ।
रेग्मीका अनुसार वडा नम्बर ६ का २७ वर्षीय पुरुष, वडा नम्बर ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नम्बर ९ का २० र ५० वर्षीय पुरुषले कोरोना जितेका हुन् । त्यसैगरी वडा नम्बर १० का १७, १७, २० र २३ वर्षीय पुरुष र वडा नम्बर ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना जितेको फोकल पर्सन रेग्मीले बताए ।
डिस्चार्ज भएकालाई दैलेख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्मा, नारायण नगरपालिका-१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ लगायत अस्पतालका स्वास्थ्यकर्मीले खादा ओढाएर पुष्पगुच्छा दिएर बिदाइ गरे । घर फर्किने क्रममा उनीहरुले उपचारमा खटिएका सबै चिकित्सकलाई धन्यवाद दिँदै आत्मबल बढाएर कोरोनालाई सहजै जित्न सकिने बताएका छन् ।
शुक्रबार कोरोना जितेर डिस्चार्ज भएका २२ जनासहित दैलेखका २६ जनाले कोरोना जितेका छन् । डुङ्गेश्वर गाउँपालिकाका एकजना र दुल्लु नगरपालिकाका तीनजना कोरोना जीतेर यसअघि डिस्चार्ज भइसकेको छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।