रोल्पामा एकैदिन थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँग यहाँ कुल संक्रमितको संख्या १७ पुगेको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएका १४ मध्ये एकजना महिला छिन् भने अरु सबै पुरुष रहेको बिहीबार दिउँसो साढे १ बजे अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ ।
संक्रमितमध्ये ८ जना पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ का रहेका छन् । वडा नं ७ का १७ वर्षका एक पुरुष र वडा नं ८ का ५ पुरुषको पिसिआर परीक्षणबाट कोरोना पोजिटिभ आएको हो ।
त्यहाँबाट केही दिन अघि नै स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । सुनिलस्मृति गाउँपालिकाले आफ्नै पहलबाट भिटिएम खरिद गरि स्वाब संकलन गरेर पिसिआर जाँचका लागि अस्पताल पठाएको थियो । यसअघि जेठ २५ गते पनि सोही गाउँपालिकाको वडा नं ५ र ६ का तीन पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।