नेपाली आकाशमा बिहानैदेखि करिब ३५५८८ फिटको उचाईमा ४१८ किलोमिटरको प्रतिघन्टाको गतिमा भारतीय एयरक्राफ्ट बिमानले चक्कर लगाएको छ । महेन्द्रनगर क्षेत्रमा उक्त विमानले चक्कर लगाएको हो ।
भारतको नयाँदिल्लीस्थित विमानस्थलबाट उडेको उक्त जहाज नेपाली आकाशमा कसरी प्रवेश गर्यो भन्ने विषयमा सरकारी निकायलाई जानकारी छैन ।
नेपालले हवाई उडानमा रोक लगाइरहेको समयमा सिमाक्षेत्रमा भारतीय एयरक्राफ्टको चक्करलाई रहस्यमय पूर्ण रुपमा लिइएको छ । नेपाल र भारतबीच सिमाक्षेत्रमा उत्पन्न विवाद जारी रहेका बेला सीमा क्षेत्रमा गैरकानुनीरुपमा भारतीय विमान किन प्रवेश गर्यो भन्ने विषयमा सरकारी तहमा जानकारी नहुनुले अर्को रहस्य जन्माएको छ । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।